Wednesday, January 4, 2012

शिक्षा र जीवन

शिक्षा र जीवन
शिक्षा जीवनको लागि अपरिहार्य आवश्यकता हो । शिक्षाले जीवनमा नयाँ र सकरात्मक परिवर्तन ल्याउनु पर्दछ । शिक्षित मानिस अरु भन्दा सकरात्मक, सुखी र नयाँ सोच भएको हुनु पर्दछ । वास्तवमा शिक्षा भनेको मानिसको जीवनमा सम्पूर्ण पक्षको विकास गरी उसको जीवनशैलीमा सकरात्मक परिवर्तन ल्याउनु हो ।
शिक्षाले जीवन जीउनको लागि सकरात्मक सहयोग गर्नुपर्दछ, बाधा तथा अवरोध होइन । शिक्षा व्यतिm आफ्नो तरिकाले सिक्न पाउनु पर्दछ, नकि कसैको करकाप, डर धम्कीमा होइन । तर यहाँ शिक्षाको नाममा शिक्षाको नै दुरुपयोग भएको छ । यहाँ शिक्षा लिनको लागि स्वतन्त्र नभई करकाप र बाध्यता बनेको छ । वास्तवमा शिक्षा व्यतिmले आफ्नो इच्छा अनुसार स्वतन्त्र रुपमा लिन पाउनु पर्दछ र जीवनशैलीमा सकरात्मक सहयोग पु¥याउनु पर्दछ । शिक्षाले मानिसलाई जीवन दिनु पर्दछ, मृत्यु होइन । मानौँ एक विद्यार्थी पढ्नमा निकै टाठो र सबै भन्दा अगाडि छ तर परिक्षा एस् एल् सी मा फेल भयो भने उसले आत्महत्या गर्ने सम्भावना हुन्छ । यहाँ थुप्रै उदाहरण छन्, जो परिक्षमा फेल भएर आत्महत्या गरिरहेका छन् । किन परीक्षामा फेल हुदैमा आत्महत्या गर्नु पर्दछ र ? हामीकहाँ शिक्षा भनेको पढ्नु घोक्नु र परीक्षामा कसरी हुन्छ राम्रो अंक ल्याउनु मात्र भएको छ । घोकन्ते विद्यामा मात्र हाम्रो शिक्षा भएको छ । जीवन उपयोगी शिक्षाबाट हामी वञ्चित छौँ । मानौँ हामी कक्षामा पृथ्वीनारायण शाहले गरेका कामका बारेमा पढ्दैछौँ र त्यही प्रश्न परीक्षामा आउछ र घोकेर त्यसको उत्तर लेखिन्छ र पास भइन्छ भने त्यस शिक्षाले हाम्रो जीवनमा के नै उपलब्धी भयो र ? अविभावक, शिक्षक र विद्यार्थी परीक्षमा राम्रो अंक नआएको मा दुःखी हुन्छन् तर किन राम्रो भएन ? के यो शिक्षा सही छ ? भनेर पूनरावलोकन कहिल्यै गर्दैनन् ।

No comments: